आन्दोलनको नारा : हामी अरू जान्दैनौँ प्रधानन्यायधीश जबरा मान्दैनौँ

|

पर्सा : सधैं न्यायालयको श्रीमानका अगाडि ऐन कानुनका किताब देखाउँदै तर्क पेश गर्ने पर्सा, बारा र रौतहटका वकिलहरू बुधबार भने आफैँ जस्ता वकिलकै अगाडि औँला ठड्याउँदै कुर्लिएका छन्।

त्यो पनि अदालतको इजलासमा नभएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको प्रांगणमा। नेपाल बार एसोसिएसनले झोसिदिएको आन्दोलनको अगुल्टो ठोस्दै पर्सा, बारा र रौतहट तीनवटै जिल्लाका आन्दोलित वकिलहरु आफैँ जस्ता वकिलकै अगाडि यसरी कुर्लिएका हुन्।

सर्वोच्च बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै केन्द्रमा गरेको आन्दोलन तल्ला तहका उच्च र जिल्ला अदालतहरु आइपुग्दा यहाँका कानुन व्यवसायीहरु पनि न्यायालय परिसरभित्रै विरोध कार्यक्रम गरिरहेका छन्।

कानुनी रुपमा न्यायालय परिसरभित्र विरोध र भाषणवाजी गर्न पाइँदैन। तर, नेपालमा आएको गणतन्त्रले छाडातन्त्र पनि मिसाइदिँदा सर्वोच्चदेखि तलका न्यायालयमा पनि कानुन व्यवसायी आफैँले कानुनी कुरालाई बर्खिलाप पनि गरिरहेका हुन्।

न्यायालयभित्रको अशुद्धी र भ्रष्टाचार अदालतको बेन्च तर्फबाट मात्र भएझैं गरी कानुन व्यवसायी अदालतको शुद्धिकरण र भ्रष्टाचाररहित न्याय सम्पादनको माग मिसाउँदै प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा जोड दिइरहेका छन्।  त्यसक्रममा पर्सामा रहेका दुईवटै अदालतका कानुन व्यवसायीहरूसँगै बारा र रौतहट बार एसोसिएसन इकाईका पनि कानुन व्यवसायी बहसै नगरी धर्ना र विरोधका कार्यक्रममा सरिक भएका छन्। 

पर्सा बार एसोसिएसन इकाई र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जस्थित बार एसोसिएसन र बारा तथा रौतहट स्थित बार एशोसिएशनमा आबद्ध कानुन व्यवसायीहरुले मंगलबार पनि बहस नै नगरी आन्दोलन गरेका थिए। बुधबार पनि बन्दी प्रत्यक्षीकरण बाहेकका सबै काम ठप्प पारी उच्च अदालत अस्थायी इजलास वीरगन्जको प्राङ्गणमा २ घण्टा धर्ना र त्यसपछि विरोधसभा गरे।

विरोधसभामा नेपाल बारका पूर्व-अध्यक्ष हरिहर दाहाल, उपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जारालगायतले सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा बटम लाइन रहेको बताएका छन्। उनीहरूले भने, ‘न्यायालयमा देखिएको समस्या निरूपणका लागि प्रधान न्यायधीश जबराले अविलम्ब राजीनामा दिएर बाटो प्रसस्त गर्नुपर्छ’। ‘भ्रष्टाचार मुक्त अदालत, न्यायिक सुशासन, न्यायिक शुद्धिकरण हाम्रो प्रतिबद्धता’ यत्ति हो हाम्रो माग बक्ताहले भने।

न्यायालयको शुद्धिकरणमा प्रधानन्यायधीशको राजीनामाबाट सुरु गर्नुपर्छ वक्तामध्येका पर्सा बारका पूर्व-अध्यक्ष पन्नलाल गुप्ताले बताए।

‘हामी अरू जान्दैनौँ प्रधानन्यायधीश जबरा मान्दैनौं’ भनी प्लेकार्ड सहित धर्नामा समेत सहभागी कानुन व्यवसायीहरुले अब त्योभन्दा तल झर्न नसकिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.