|

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह 'ए' को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई  सुरुवाती अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल जेससले गरे। जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे।

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्‍यो। यद्यपि समुह 'ए' बाट सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा ८ अंक बनाएको पिएसजी दोस्रो स्थानमा रहँदै छनोट भएको छ। लाइप्जिग र ब्रुगको ४-४ अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.