|

दाङ :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ  क्षेत्र नं. १ मा संघीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्।   

संस्थापन पक्षधर पाण्डेको प्यानल नै निर्वाचित भएको छ। क्षेत्र नं. १ स्वर्गीय नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो। निर्वाचित पाण्डेले ४२२ मत प्राप्त गर्दा संस्थापन इतरका सर्वजित डिसीले २५७ मत मात्रै प्राप्त गरेका थिए।

पाण्डेले डिसी भन्दा १६५ मत बढी प्राप्त गरेका थिए।  त्यस्तै सचिव पदमा पाण्डे प्यालनका खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत प्राप्त गरि निर्वाचित भएका छन्। उनीहरूका प्रतिस्पर्धीहरू कृष्ण कुमार चौधरी २३५ र राजेन्द्र खड्का २३८ मत प्राप्त गरेका थिए।

त्यस्तै सहसचिव पदमा गोविन्द कुमार वली ४६३ र प्रकाश कुमार जिसी ४०८ मत प्राप्त गरि विजयी भएका छन्। उनीहरूका प्रतिस्पर्धी मीनराज अधिकारी २४२ र जमिर साहले १८३ मत प्राप्त गरेका थिए।  क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्य ६८५ जनाले मतदान गरेका थिए। 

यस्तै क्षेत्र नं. २ को संघीय सभापतिमा भिमप्रकाश खड्का बिजयी भएका छन्। संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धीलाई १०० मत अन्तरले पराजित गरेका छन्। खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी (निर्मल) ले २६६ मत प्राप्त गरेका थिए।  यस्तै सचिव पदमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि विजयी भएका छन्। आरके पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन्।

त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित भएका छन्।  निर्वाचन क्षेत्र नं. २ मा कुल ६५१ मतदाता मध्य ६४२ मतदान भएको थियो। यसैगरी  जिल्लामा स्थानीय तहमा भने संस्थापन पक्ष र संस्थापन इतरले ५–५ स्थानीय तहमा विजयी हासिल गरेका थिए। तर, प्रदेश सभाको निर्वाचनमा भने पौडेल समूह ५ वटा क्षेत्रमा विजयी भएको थियो। 

त्यस्तै क्षेत्र नं. ३ को संघीय सभापतिमा जगत बहादुर खड्का निर्वाचित भएका छन्। संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ। खड्काको यो लगातार तेश्रो जित हो। निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरेका थिए। 
खड्काले सुरेन्द्र खड्का भन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन।

त्यस्तै एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरेका थिए। त्यस्तै सचिव पदमा खड्का प्यालनका शोभाकर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त विजयी भएका छन्। उनीहरूका प्रतिस्पर्धीहरू रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए।

त्यस्तै सहसचिव पदमा भीमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरीले ३ सय ३८ मत प्राप्त गरि विजयी भएका छन्।  उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलीले २ सय ६४ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदाता मध्य ८ सय ४४ जनाले मतदान गरेका थिए। 

जिल्लामा ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये संस्थापन पक्षका प्रकाश श्रेष्ठ क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ बाट विजयी भएका थिए।   यस्तै  निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा श्रीपद चौधरी र ‘ख’ मा दिनेश गिरी, क्षेत्र नं.२ ‘ख’ मा अभियान बस्नेत, क्षेत्र नं. ३ (क) मा देवेन्द्र रिजाल र ‘ख’ मा खिमबहादुर वली संस्थापन इतरका विजयी भएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.