|

जुम्ला :  तिला गाँउपालिका नौको मालापानी गाउँ भौगोलिक हिसावले ग्रामिण बस्ती हो। त्यो बस्तीमा  अहिले सडक पुगेको छ। गाउँमा सडक पुगेपछि मालापनी गाउँका  मानबहादुर बुढा  उत्साहित भएका छन्।

जुम्लाको तिला गाउपालिका  गाउँ बस्तीमा सडक सञ्जाल  जोडिन थालेको   हो। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज हुने स्थानिय बुढाले  बताए। उनले भने, ‘तिला गाउँपालिकाको पहलमा  सडक खन्ने काम भएको छ।  केही समय पछि यहाँका नागरिकले  घण्टौंसम्म पैदल यात्रा गर्नु पर्ने बाध्यता हट्ने  छ।’

सडक पुग्यो गाडी गुडेन

सडक खनिएपछि  यहाँका नागरिक निकै खुसी भएका छन । यहाँका नागरिकले  गाउँमा सडक पुग्न भन्ने कल्पना गरेका थिएनौँ  मालापानीकी अर्की  स्थानीय जैसरी बुढाले भनिन् यहाँबाट दिनभरी हिडेर  राराको सेरी बजार  दैनिक उपभोग्य बस्तु किनबेचका लागि  जान्थ्यौँ । उनले भनिन्,‘गाउँमा सडक पुग्नु मात्र ठुलो कुरो होइन। सडकमा गाडी गुडाउनका लागि पुल बन्न जरुरी छ। 

नागरिकले सहज  गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो। ’अहिले  हाम्रो गाउँमा केही कुराको सहज भएको छ । उनले थपिन् गाउँमा सडक  खनिँदा जसले यहाँका नागरिक खुसी भएका छौँ। तर हामीलाई  आवतजावत गर्न निकै कठिन छ। गाउँमा  सडक पुगेछ । सवारी साधन गुडेका छैनन्। यसले गर्दा  बिरामीले सहज उपचार पाएका छैनन्। 

गाउँगाउँमा बाटो

स्थानीय तह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको त्यहाँका स्थानीयको भनाइ छ। ‘दूरदराजमा उत्पादित फलफुल अन्नपात सबै बजार सम्म ल्याउन सहज बनेको छ। गाउँमा सडक पुग्यो। केही समयपछि  तिला नदीमा पुन बन्ने छ।  यहाँका नागरिकको  दैनिकी परिवर्तन हुने छ। यहाँ उत्पादित बस्तु बजारीकरण गर्न समस्या हुने छैन’, तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भनिन्। 

‘गाउँमा सडक, खानेपानी सिचाइ , स्वास्थ्य , शिक्षा जस्ता अधारभुत आवश्यकता पूरा गरेका छौ,’  उनले भनिन्, ‘यहाँ प्रदेश सरकार संघिय सरकार  र  स्थानीय सरकार लागेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.