|

काठमाडौं : भारतीय सेनाले दिएका सैनिक सामग्री जंगी अड्डास्थित नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।

भारतका सैनिक सहचारी कोलोनेल अमित शर्मा (Colonel Amit Sharma) ले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई बिहीबार जंगी अड्डामा सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

०७५ मंसिर २८ गते काठमाडौंमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३ औं बैठकमा सहमति भएबमोजिम भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोगस्वरूप पाँचवटा Workshop Truck वर्कसप ट्रक उपलब्ध गराएको हो।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो। यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.