|

चितवन : नारायणी किनारमा नेकपा एमालेको भोलि हुने महाधिवेशनस्थलमा चहलपहल बढेको छ। महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरू आउने क्रम बढिरहेको छ।

भोलि हुने महाधिवेशन उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू चितवन पुगिसकेका छन्।  महाधिवेशनस्थलको करिब ९५ प्रतिशत काम सकिइसकेको एमाले नेता योगेश भट्टराईले बताएका छन्।

महाधिवेशनमा  एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो।

विदेशी पाहुनाहरुलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते (बिहीबार) साँझ रात्रिभोजको आयोजना गरेको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जनाएका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.