|
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन भोलि चितवनको नारायणी किनारमा शुरु हुँदैछ। पार्टीमा लामो समय नेतृत्व गरेका दुई जना नेता भने यस पटकको महाधिवेशनमा देखिने छैनन्। 

एमालेका अध्यक्षसमेत रहीसकेका ​तर यसपटक महाधिवेशनमा नदेखिने ती दुई नेता हुन्- झलनाथ खनाल र माधवकुमार नेपाल।

दुवै जना नेता अहिले एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा छन्। एमाले महाधिवेशनको पूर्वसंन्ध्यामा एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग थाहाकर्मी दिनेश न्यौपानेले छोटो प्रतिक्रिया लिएका छन्।

तपाईंले लामो समय नेतृत्व गरेको पार्टी एमालेले दशौं महाधिवेशन गर्दैछ। कति 'मिस' गरिरहनु भएको छ?

मैले एमालेको महाधिवेशनलाई कत्ति पनि मिस गरिनँ र गरेको पनि छैन। एमालेको नेतृत्वपंक्ति पूर्ण रुपले दक्षिणपन्थी, विसर्जनवादी र पुँजीवादी बनिसकेको छ। र, त्यसले जुन प्रकारका लक्ष्य, कार्यदिशा र नीति लिएको छ, त्यसबाट पुँजीवादको चक्कर काट्नेबाहेक अरु केही पनि हुनेवाला छैन। त्यसकारण एमालेले यो महाधिवेशनबाट नामै फेर्‍यो, कम्युनिस्ट पार्टी नै छाड्यो भने पनि मलाई कुनै आश्चर्य लाग्ने छैन।

एमाले छाडेर अहिले पार्टी नयाँ पार्टी बनाएर अघि बढ्दै हुनुहुन्छ। एमालेले महाधिवेशनमा निम्तोसमेत दिएन। कत्तिको चित्त दुखाई छ?

निम्तो नदिएकोमा मलाई बडो खुसी लाग्यो। यो महाधिवेशनमा गएर हिजोको आफ्नै पूर्व पार्टीका नेताहरूले गरेका गद्दारीहरूका बारेमा दक्षिणपन्थी अवसरवादका बारेमा, पुँजीवादका बारेमा हामीले उनीहरूकै मञ्चबाट भण्डाफोर गर्नुपर्ने परिस्थिति आइपरेको थियो, हामीलाई नबोलाएपछि त्यो भण्डाफोर गर्नु परेन। हामीले देशव्यापी रूपमा भण्डाफोर गर्दा नै पुगिहाल्यो। त्यसैले उनीहरूले हामीलाई निम्ता नगरेकोमा कुनै अफसोस छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.