|

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। 

डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो।

लामो समयदेखि पुनको स्वास्थ्य हेरिरहेका पेटरोग विशेषज्ञ डाक्टर युवराज शर्माका अनुसार उनलाई विश्वमा वीरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएको छ।

थाइल्याण्डको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

‘बैंककमा उहाँको उपचार भयो। तर, सन्तोषजन उपलब्धि भएन,’ डाक्टर शर्माले भने, ‘जन्डिसको लेबल नघटेपछि चिकित्सकले नै चीन लैजाने सुझाव दिएका थिए।’

उनलको लिभर प्रत्यारोपण गर्नुपर्ने हुन सक्ने डाक्टर शर्माले बताए। वंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.