|

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन जोड्यो। उसका लागि एलसा हन्टरको ३९ रन सर्वाधिक रह्यो।

त्यस्तै थप दोहोरो स्कोरका रूपमा मस एलयसको १४ रन तथा युश्रिना यकोपको १२ रन रह्यो। अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेन्। नेपालका लागि सवनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुविना क्षत्रीले समान १-१ विकेट लिए।

पहिलो खेलमा हङकङसँग पराजित बनेको नेपाल त्यसपछिका दुई खेलमा जित निकाल्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न सफल भएको छ। नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो।

यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ। मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ। त्यसैले नेपाल मलेसियाविरुद्ध पनि जित निकाल्दै छनोटको सम्भावना बलियो बनाउन चाहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.