|

जर्मनीले धेरै उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलन नदिन दक्षिण अफ्रिकाबाट आफ्नो देशमा आउने यात्रामा प्रतिबन्ध लगाएको कार्यवाहक स्वास्थ्यमन्त्री जेन्स स्पानले शुक्रबार बताएका  छन्।  

शुक्रबार रातिदेखि लागू हुने नयाँ नियमले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूलाई समेत प्रभाव पार्ने उनले बताए।

जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ। खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.