|

मुगु : मुगुमा सञ्चार घुम्ती सेवामार्फत २६ सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको छ।

मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुईवटा अनलाइन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। दर्ता गरिएका अनलाइन रारा रैबार डटकम, चखेली अनलाइन छन्।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको थियो। दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी शिविर सञ्चालन गरिएको बताइएको छ। 

सञ्चार घुम्ती सेवामा पत्रकारको लेखनवृद्धि, समाचार संकलन, अन्तर्वार्ता, फिचर लेखन, अवलोकन लगायतका विषयमा जिल्लास्थित सञ्चारकर्मीलाई प्रशिक्षण दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.