|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं महाधिवेशन आज (शुक्रबार) चितवनमा शुरु भएको छ। महाधिवेशनले एमालेको नयाँ नेतृत्व पनि चयन गर्नेछ। 

पार्टीको सचिवमा टंक कार्कीले सचिवमा उम्मेद्‌वारी दिने भएका छन्।

उनले थाहाखबरसँग जारी महाधिवेशनमा आफूले सचिवमा उम्मेद्‌वारी दिने बताए।

यसैगरी, माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेका नेता घनश्याम भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पुराना विद्यार्थी नेता तथा बौद्धिक व्यक्तित्व कोमल भट्टराई, मोरङबाट प्रतिनिधित्व गर्ने गाविस महासंघको अध्यक्ष रहिसकेका घनश्याम खतिवडाले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन्।

चीनका लागि नेपाली राजदूतको पद सम्हालिसकेका कार्की ​विद्यार्थी कालमा नै राजनीतिमा प्रवेश गरेका थिए। उनी मालेकालमा अखिल पाँचौंको अध्यक्ष भएका थिए।

केपी शर्मा ओलीको सरकारमा मन्त्री भइसकेका भुसाल एमालेको संस्थापन पक्षको प्रखर प्रतिपक्षि एवं जागरुक नेता हुन्।

एमालेबाट विभाजन भएर गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समूहमा भुसालसहित १० नेताहरू थिए।

नेपाल र झलनाथ खनालले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेपछि भुसाललगायत १० जना नेताहरू एमालेमै बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.