|

चितवन : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। चितवनको सौराहास्थित सेभेन स्टार होटल परिसरमा हुने बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ।

बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.