|

चितवन : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा अहिले केहीबेरमा सुरु हुने बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिनेछ।

बन्दसत्रस्थल बाहिर नेकपा एमालेलाई चिनाउने र प्रशंसा गरिने किसिमका विभिन्न वाल पेन्टिङहरू बनाएर आकर्षक बनाइएको छ। पेन्टिङमा नेकपा एमाले जिन्दावाद, समृद्ध नेपाल सुखी नेपाली, रूपान्तरण सम्भव छ जस्ता लेखन तथा ओली सरकारले अगाडि सारेका विभिन्न योजनाहरूको गुणगानसहित धरहरा आदिको पेन्टिङले नेता कार्यकर्ताहरूमा थप उत्साह र जाँगर थपेको सहजै बुझ्‍न सकिन्छ।

शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो। संशोधन प्रस्ताव बन्दसत्रले पास गरेपछि लागू हुनेछ। बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.