|
विद्युतीय मेसिनबाट मतदान गर्न सिकिरहेका एमाले महाधिवेशनका प्रतिनिधि। तस्वीर : श्रीजना नेपाल

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिवेला महाधिवेशनमा व्यस्त छ। 

चितवनमा भइरहेको महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गरिरहेका छन्।

महाधिवेशनले एमालेको नयाँ नेतृत्व पनि छनोट गर्नेछ।

नेतृत्वमा निर्वाचनका लागि एमालेले महाधिवेशनस्थलमा मतदानको तयारी गरेको छ। 

मतदानका लागि यसपटक एमालेले विद्युतीय मेसिनको उपयोग गर्ने भएको छ। 

यसका लागि एमालेले महाधिवेशनस्थलमा करिब सय वटा विद्युतीय मतदान मेसिन राखेको छ।

बन्द सत्र सञ्चालन भइरहेकै समयमा समेत महाधिवेशन प्रतिनिधिहरूलाई मेसिनबाट कसरी मतदान गर्ने भनेर प्राविधिकहरूले सिकाइरहेका छन्।

विद्युतीय मेसिनबाट मतदान गर्न सिक्दै सिकाउँदै (तस्वीरमा) :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.