|

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

शनिबार मूलपानीमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशमाथि ३ विकेटको जित निकाल्दै तेस्रो खेलमा दोस्रो जित निकालेको हो।

पहिलो ब्याटिङ गर्दै लुम्बिनीले दिएको १९३ रनको लक्ष्य बागमतीले ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।

बागमतीका लागि कप्तान डेभ खनालले सर्वाधिक ६७ रन बनाउँदा प्रज्वल थापाले ३४ रन बनाए। त्यस्तै वासिर अहमद ३१ रनमा अविजित रहेका थिए। 

मोहमद हुसेन १२ रनमा आउट हुँदा आकाश त्रिपाठी १४ रनमा आउट भए।

लुम्बिनीका गौतम केसीले ३ विकेट लिए पनि टिमको हार टार्न सकेनन्।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीले ४७ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९३ रन बनायो।

बागमतीका लागि विवेक मगरको ४० रन सर्वाधिक रह्यो। त्यस्तै प्रशान्त महतले ३६ रन बनाए। विपिन साहीले २४ रन बनाए।

प्रतियोगितामा लुम्बिनीको चौथो खेलमा यो दोस्रो हार हो। बागमतीको भने यो तेस्रो खेलमा दोस्रो जित हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.