|

बझाङ : जयपृथ्वी नगरपालिका-७ ज्वाडाका एक पुरुषको कुटपिटबाट हत्या भएको छ। ​ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दीपेन्द्र थापाले शनिवार राति करिव पौने ८ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कुली बाँधको घाटमा आगो तापिरहेका बेला उनीहरूबीच सामान्य भनाभन हुँदा भण्डारीले आगोको अगुल्टोले हानेको र थापाले बाहिर ल्याएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिटपछि घाइते भएका भण्डारीलाई शनिबार राति उपचारको लागि जिल्ला अस्पताल ल्याइए पनि राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दीपेन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.