|

काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा रुकुम पश्चिमकी ४ वर्षीया विद्या शाही, उनकी आमा चन्द्रा मल्ल शाही, जाजरकोटकी अनिला नेपाली, शेरबहादुर परियार र सप्तरीका गंगाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ। 

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको को ना ७ ख २७५७ नम्बरको रात्रि बस गएराति २ बजे कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।  जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ यात्रु सवार थिए। घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.