|

दाङ : नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा ७ सय ७६ मत पाई शंकर डाँगी निर्वाचित भएका छन्।

जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भूपबहादुर डाँगी ३ जना र इतरबाट शंकर डाँगी गरी ४ जना चुनावी मैदानमा उत्रिएका थिए। 

भूपबहादुर डाँगीले ५ सय ४५‚ बस्नेतले ४ सय ७१ र घिमिरेले ३ सय १५ मत पाएका थिए।

प्रथम हुने उम्मेदवारले ५१ प्रतिशत ल्याउनुपर्ने भए पनि कसैको नआएपछि सभापतिका लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि भूपबहादुरले समर्थन दिएपछि शंकर डाँगीलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।

विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौँ महाधिवेशनमा जिल्ला सचिव भएका थिए। नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन विस्तार गर्दै आएका उनले नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन्।

२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका उनी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएका थिए।

२०५९ सालमा नेविसङ्घको केन्द्रीय सदस्य भका थिए। पार्टीको बाह्रौँ अधिवेशनमा जिल्ला सदस्य भएका उनी सोही कार्यकालमै सचिवमा मनोनीत भएका हुन्। 

यसैगरी उपसभापतिमा गिरिराज सुवेदी ९ सय १३ र कमानसिंह भारती ८ सय ६६ मत पाएर निर्वाचित भए। सचिवमा अर्जुनकुमार योगी १ हजार १ सय ५७ र बालिका लम्साल १ हजार मत पाई निर्वाचित भए।

त्यस्तै सहसचिवमा राजु आचार्य १ हजार ५२ मत र सुबोधकुमार डाँगी १ हजार ३४ मा ल्याई विजयी भए। संस्थापन इतर र संस्थापन समूहका हुन्।

सुवेदी‚ योगी र आचार्य संस्थापन इतर र भारती‚ लम्साल र डाँगी संस्थापन पक्षका हुन्।
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.