|
फाइल तस्वीर

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ।

विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन जित्नैपर्ने खेलमा नेपाल पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो। युएईले भने ग्लोबल छनोटमा स्थान बनायो।

टस हारेर पहिलो ब्याटिङ गरेको युएईले नेपाल सामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा नेपाल १९ दशमलव ४ ओभरमा ७९ रन जोड्दा अलआउट भयो।

नेपालका लागि ओपनर इन्दु बर्माले बनाएको १५ रन सर्वाधिक रन रह्यो। त्यस्तै सीता राना मगरले १३ रन जोड्दा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

युएईका लागि समरा धरनिधर्काले ४ विकेट लिइन्। त्यस्तै चामनि सेनेभिरत्ना र खुसी शर्माले २/२ विकेट लिए। थप एक विकेट चयामुगलको नाममा रह्यो।

यसअघि दुबईस्थित आइसिसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिलो ब्याटिङ गरेको युएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको थियो।

युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो।

उसका  लागि  चमानि सेनेभिरत्नाले ५२ रनको अर्धशतकीय इनिङ खेलिन्। उनले ३६ बलमा ५२ रनको इनिङ खेलिन्।

थेर्था सतिशाले ४७ रनको योगदान दिइन्। उनले ४६ बलमा ३ चौका प्रहार गरिन्। अर्की ओपनर ईशा ओझा भने ४ रनमा नै कविता कुँवरको बलमा बोल्ड भएकी थिइन्।

त्यस्तै काभिसा गोगे २२ रनमा आउट भइन्। दोस्रो विकेटका लागि ओपनर थेर्था सतिश र गोडागाले ५८ रनको साझेदारी गरेका थिए।

सतिशले तेस्रो विकेटका लागि चमानि सेनेभिरतनासँग ४९ रनको साझेदारी गरिन्।

नेपालका लागि कविता कुँवरले २ विकेट लिँदा सवनम राई, सीता राना मगर र संगीता राईले समान १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.