चितवन : सौराहामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र तोकिएको समयभन्दा ७ घन्टा ढिलोसम्म पनि सुरु नहुँदा महाधिवेशन प्रतिनिधिहरू तितरबितर हुन थालेका छन्।
बिहान ९ बजे नै बन्दसत्रस्थल पुगेका प्रतिनिधिहरू साँझ ६ बज्न लाग्दासम्म पनि सुरु नभएपछि दिक्क मान्दै यताउता निस्किरहेका छन्।
सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै एमालेको १० बजेको लागि तोकिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओली अझै छलफलमा व्यस्त छन्।
तितरबितर भइरहेका महाधिवेशन प्रतिनिधि (तस्वीरमा) :
तपाईंको ईमेल गोप्य राखिनेछ ।