|
फाइल फोटो

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार बिहान देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको रहेको छ। काठमाडौं उपत्यकाकासहित पहाडी तथा तराईका भू-भागहरुमा हुस्सु् र कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसमविद सजिना शाक्याले जानकारी दिइन्।

दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभरको मौसम  आंशिक बदली रही गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले बुधबार भने हल्का पानी पर्ने सम्भवना रहेको मौसमविद शाक्यले जानकारी दिइन्। सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २१ डिग्री सेल्सियस सम्म पुग्न सक्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.