ओलीले हिजै भनेका थिए‚ ‘भोलिदेखि बस्ने ठाउँ छैन‚ खाने ठाउँ छैन’

|

चितवन : नेकपा (एमाले)को जारी महाधिवेशनमा खाजा र खानाको व्यवस्था नभएको भन्दै प्रतिनिधिहरूले गुनासो पोखेका छन्।

महाधिवेशनका करोडौं रुपैयाँ खर्च भएको तर प्रतिनिधिहरूले खानको लागि ज्यूज्यू गर्नु परेको होमकुमारी साँबाले दुखेसो पोखिन्। ‘कार्यक्रमस्थलबाट होटेल डेढ किलोमिटर टाढा छ। हिँड्दा1-हिँड्दै हैरान‚’ उनले भनिन्‚ ‘खानैको लागि दौडधुप परेको छ।’

यस्तै‚ मोरङकी मालती सुब्बाले पनि बन्दसत्र स्थलमा प्रतिनिधिहरूलाई खानाको व्यवस्था नहुँदा अप्ठ्यारो परेको बताइन्। ‘बिहानबाट आएको‚ बसाइ टाढा छ‚ जान र आउन समय लाग्छ। १/१ लाख जस्तो पैसा उठाइसकियो‚’ सुब्बाले भनिन्‚ ‘दिएर खानुपर्ने मान्छे माग्दा पनि खान पाइएन।’

प्रतिनिधिहरूलाई आजदेखि खाना तथा बस्ने व्यवस्था महाधिवेशन आयोजकले नगर्ने अध्यक्षक केपी शर्मा ओलीले आइतबार राति बताएका थिए। उनले भनेका थिए‚ ‘भोलिदेखि बस्ने ठाउँ छैन‚ खाने ठाउँ छैन।’

यसै अनुसार सोमबार प्रतिनिधिहरुका लागि बन्दसत्र स्थलमा खानामा खानाको व्यवस्था नभएको हो। आज स्वयंसेवकका लागि मात्र खाना बनाइएको छ।

हेर्नस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.