|

काठमाडौंः ५ः५५ को नामले चर्चित नेपाली र्‍यापर चिराग खड्काको नयाँ र्‍याप गीत 'अर्थहीन दुनियाँ' सार्वजनिक भएको छ। आइतबार उनको आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो। 

किचाको मिक्सिङ, मास्टरिङ तथा निर्माण रहेको गीत यतिवेला ट्रेण्डिङमा छ। 

ग्वाला प्रोडक्सन र रेड आइ प्रोडक्सनको सहकार्यमा बनेको भिडियोको निर्देशन चिराग आफैंले गरेका हुन् भने सम्पादन अस्त्रोको हो। 

यसअघि चिरागको 'साइकोडेलिक र्‍याप' सार्वजनिक भएको थियो। 'बूढी' र 'समाधि' चिरागका युट्युबमा सबैभन्दा बढी हेरिएका गीत हुन्। 

'बूढी' ३ करोडभन्दा बढी पटक हेरिएको छ भने 'समाधि' १ करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ। 

ती बाहेक चिरागका 'लाइफ ज्याकेट', 'स्टोनर लाइफ', 'के गर्ने लाइफमा', 'सकरात्मकता', 'आगोको झिल्को' लगायतका गीत चर्चित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.