|

काठमाडौ : जबरजस्ती करणी उद्याेगका प्रतिवादीलाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पनौती नगरपालिका-१० घर भएका रविना थापालाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा २०७८ असार १८ गते पक्राउ परी हाल पुर्पक्षका लागी डिल्लीबजार कारागारमा थुनामा रहेका चिनिया नागरिक लिउ यूलाई थुनामुक्त गराई दिन्छौ‌ भनि उनको चितवन घर भएकी श्रीमती कमला भुसालसँग थापाले पटक-पटक रकम लिएकी थिइन्।

हाल बुढानिलकण्ठ नगरपालिका-१० सुकेधारा शान्तिकोलोनीमा बस्दै आएकी २७ वर्षीया थापाले मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन् र उनले न्यायाधीश, वकिल सबै चिनेका छन् भनि सेटिङ मिलाएको भन्दै रकम माग गरेका थिए। 

श्रीमानलाई धरौटीमा छुटाई दिन्छु भन्दै प्रलोभनमा पारी २० लाख रकम लिई ठगी गरेको भनी पीडित भुसालले थापा र ओलीविरुद्ध महाशाखामा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले गत बुधबार छाउनीबाट थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा सोमबार आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.