|

काठमाडौं : आइतबार भारी अंकले गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ। आज (सोमबार) पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको हो।

नेप्से परिसूचक आज २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा पुगेको छ। आज कारोबारमा आएका २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको छ।

नेप्सेका १३ उपसमूहमध्येका जलविद्युत् र सामूहिक लगानीका कम्पनीका सूचकबाहेक सबै सूचक घटेका छन्।

आज सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको छ। जसमा बैंकिङ समूहको १०.८९, विकास बैंक ६७.४४, फाइनान्स ३१.९२, निर्जीवन बीमा ६७.४३, माइक्रो फाइनान्स ४०.८३ र जीवन बीमा समूहको उपसूचक ११७.०४ अंकले घटेको छ।

कारोबारमा भारी गिरावट आए पनि न्यादी हाइड्रोपावर र सामालिङ पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यद्यपि आइसिएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशत र चन्द्रागिरि हिल्सको ५ प्रतिशतले मूल्य घटेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.