|

चितवन : नेकपा (एमाले) को चितवनमा जारी महाधिवेशनमा मतदानको समय सर्दै गएपछि प्रतिनिधिहरू थाकेका छन्। लगातार राति अबेरसम्म कार्यक्रम चलिरहेको र आज पनि राति मात्रै मतदान हुने भएपछि उनीहरु महाधिवेशन स्थलमै निदाउन थालेका छन्। 

केन्द्रीय निर्वाचन आयोगले आज राति ९ बजेदेखि मतदान सुरु गर्ने तालिका तय गरेपनि नेताहरु केन्द्रीय सदस्यहरु सकभर सर्वसम्मत गराउन छलफलमा जुटेका छन् ।

जसका कारण मतदान राति ११ बजेबाट सुरु गर्ने तयारी छ। केन्द्रीय सदस्य सर्वसम्मत भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन हुने पक्का छ। त्यसैले महाधिवेशन प्रतिनिधिहरू भोट हालेर मात्रै सुत्न जाने तर्खरमा छन् । 

तर महाधिवेशन उद्घाटनको दिनदेखि नै लगातार अबेर रातिसम्म भएका कार्यक्रमले थाकेका महाधिवेशन प्रतिनिधि बसेको कुर्सीमै निदाउन थालेका छन्।

महाधिवेशन स्थलका केही तस्वीर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.