|

चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सर्वसम्मत गराउने प्रयास अझै जारी छ। 

मतदानको समय दुई घण्टा पछि सारेर भए पनि नेताहरु सकभर सर्वसम्मत नेतृत्व चयनको प्रयासमा लागेका छन्। सोही बमोजिम सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सहदेव बोगटी, दीपक प्रकाश भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएका छन्। 

उम्मेदवारी फिर्ता भएपछि सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजेन्द्र सिंह रावल,अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लीलाधर भट्ट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.