|

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रूपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रूपैयाँ तोकिएको छ। यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० रूपैयाँ थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २०५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.