|

काठमाडौंः बलिउड फिल्म '८३' को ट्रेलर सार्वजनिक भएको छ। कबिर खानको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सन् १९८३ को क्रिकेट वर्ल्ड कपको कथामा आधारित फिल्म तत्कालीन भारतीय कप्तान कपिल देवलाई केन्द्रीय पात्र बनाएर तयार पारिएको छ। फिल्ममा रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन्। 

फिल्ममा रणवीरबाहेक दीपिका पादुकोण, पंकज त्रिपाठी, ताहिर राज भासिन, जिवा, साकिव सलिम, चिराग पटेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

सन् १९८३ मा भएको क्रिकेट वर्ल्ड कपको फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै भारत पहिलो पटक विश्व विजेता बनेको थियो। सन् २०२० को अप्रिलमै प्रदर्शनमा ल्याउने तयारी भएको फिल्म कोरोनाका कारण रोकिएको थियो। त्यसपछि पनि फिल्मको मिति तीन पटक सारिएको थियो। कोरोनाको पहिलो र दोस्रो दुवै लहरले प्रभावित बनेको ८३ अब २४ डिसेम्बरदेखि प्रदर्शन गर्ने तयारी निर्माण टोलीले गर्दै छ। ​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.