|

काठमाडौं : काठमाडौंमा जारी यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १ विकेटले पराजित गरेको छ। मंगलबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले रोमाञ्चक जित निकालेको हो।

दुबै टिमले कम स्कोर बनाएको खेलमा बागमतीले बाजी मार्‍यो। जारी प्रतियोगितामा बागमतीको यो पाँचौं खेलमा दोस्रो जित हो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले दिएको ७८ रनको सामान्य स्कोर बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो।

कमजोर स्कोर पछ्याउने क्रममा बागमती पनि विकेट बचाउन भने अन्तिम समय सम्म संघर्ष गर्नु परेको थियो। लगातार विकेट पतन भएपछि सहज लक्ष्य पनि बागमतीका लागि अन्तिम समयमा मुस्किल बनेको थियो। यद्द्यपि‚ उसले खेल गुमाउनु भने परेन।

बागमतीका लागि विवेक मगरको १८ रन सर्वाधिक रह्यो। त्यसबाहेक कृष्ण कार्कीले १२ रन बनाउँदा उतम मगरले ११ रनको योगदान दिए। बागमतीलाई कमजोर बनाउन अनुज चनराले ५ विकेट लिए पनि टिमको हार टार्न भने पर्याप्त भएन।

त्यसअघि कर्णालीले पहिलो ब्याटिङ गर्दै केवल ७८ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान तथा ओपनर निश्चल रावलले १५ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन्। दोहोरो स्कोरका रुपमा विपिन रावलले १२ रन बनाउँदा सन्दीप शाहीले १४ र रुपक दाहलले १० रन जोडेका थिए। कर्णालीलाई सस्तैमा समेट्न गौतम केसीले सर्वाधिक ४ विकेट लिए भने विशाल यादवले ३ तथा कृष्ण कार्कीले २ र विपुल खनालले १ विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.