|

काठमाडौं : सञ्चारकर्मी तथा प्रखर वक्ता रमेश प्रसाईलाई सन्तान लाभ भएको छ।

श्रीमती नन्दा सिंहले छोरीको जन्म दिएको प्रसाईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

छोरी जन्मेको खुशी साट्दै उनले लेखेका छन्, 'संसारको सबैभन्दा अमूल्य उपहार दिएर तिमीले लगाएको यो प्रेमको ऋण म के गरेर कसरी तिर्न सकूँला नानु। म मात्र होइन मेरो सिङ्गो वंश तिम्रो नारित्व र तिम्रा जन्मदाताप्रति जीवन रहुन्जेलसम्म कृतज्ञ रहनेछ।'

उनी र नन्दाले गत वर्ष आफ्नो तीनवर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। प्रसाईले हाल ग्यालेक्सी ४ के टेलिभिजनमा 'लालमोहर' कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.