|

काठमाडौं : कोभ्यास सुविधामार्फत कोरोना विरुद्धको ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड खोप आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्ने ६० लाख मात्रा खोपमध्ये पहिलो खेप सोमबार बेलुकी ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड आइपुगेको हो। 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका बडेबाबु थापाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको ६० लाखमध्येको पहिलो खेप आएको बताए।

र भोलि (बुधबार) दोस्रो खेपमा ९ लाख ७२ हजार मात्रा आउने र अर्को साता ६ लाख मात्रा आउने जानकारी पनि उनले दिए।

नेपालमा कोभिडविरुद्धको खोपको सुरुवात कोभिसिल्डबाटै भएको थियो।

सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादनमा यो खोप प्रभावकारी देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.