|

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। 

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। 

रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। 

उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको बताएका छन्। सचिवमा पराजित भीम आचार्य पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् भने सचिवमै पराजित टंक कार्की भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.