|

चितवन : नेकपा (एमाले) को दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भीम रावल र घनश्याम भुसालले सपथ ग्रहण गर्न अस्वीकार गरेका छन्। 

चितवनको सौराहामा भएको शपथग्रहण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउँदा रावल र भुसालले सपथ नलिएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित उम्मेदवार हुन् । तर उनीहरु केन्द्रीय सदस्य पदमा भने निर्वाचित भएका थिए। 

रावलले यसअघि नै आफू अध्यक्ष बाहेक अरु पदमा उम्मेदवार नरहेको र केन्द्रीय सदस्यमा विजयी भए नमान्ने घोषणा गरेका थिए। 

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा बिजय सुब्बाले भने पदाधिकारीमा उम्मेदवारी दिनेको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवारी हुने पार्टीको पुरानो प्रचलन अनुसार रावल र भुसालको उम्मेदवारी केन्द्रीय सदस्यमा पनि राखिएको बताएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.