|

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सकिएको छ।

नयाँ नेतृत्वका लागि केही पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम समेत सार्वजनिक भइसकेको छ।

एमाले अध्यक्षका लागि भएको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उनका कटु आलोचक पार्टीका उपाध्यक्ष रहेका डा. भीमबहादुर रावलले चुनौति दिएका थिए।

तर, निर्वाचनमा ओलीले १ हजार ८ सय ३७ मत ल्याएर विजयी भए भने रावलले २ सय २३ मत मात्र पाए।

नयाँ नेतृत्वको शपथग्रहणमा दुवै नेता नजिकै बसेका थिए।

उनीहरू दुवै जनालाई नियालिरहेकी थाहाखबरकर्मी शिला तिम्सिनाले लेन्समा उतारेका दुवै नेताको कानेखुसीका केही तस्वीर :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.