|

बैतडी : वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

यसअघि सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले पराजित गरेको थियो।

गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदूरपश्चिमले ६ विकेटको क्षतिमा ४९ दशमलव २ ओभरमा पूरा गर्‍यो।

सुदूरपश्चिमका अर्जुन साउदले ६८, राहुल भण्डारीले नटआउट ४२, कप्तान खडकबहादुर बोहराले ४० रन बनाए।

गण्डकीका शुभास भण्डारीले ३, सुदीप अर्यालले २ र अर्जुन कु्मालले १ विकेट हात पारे।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी ४९ ओभरमा २ सय ९ रनमा अल आउट भएको थियो।

उसका दीपक धुम्रेले सर्वाधिक ५६ रन जोडे।

सुदूरपश्चिमका कैलाश ऐरीले ३, गजेन्द्र बोहरा र आकाश चन्दले २/२ विकेट लिए।

अर्जुन साउद म्यान अफ द म्याच चुनिए।

दोस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। गण्डकी छैठौं स्थानमा झरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.