|
बरामद चरेश।

धनगढी : बझाङमा २८ किलोग्राम चरेशसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका-३ मा २८ किलो चरेशसहित ३२ वर्षीया कल्पना रोकायालाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।

बेलुका ६ बजेतिर विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम आरआइटीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका-३ डुग्रीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.