|

विश्वभर एकै दिन ५ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ९२ हजार ५००, जर्मनीमा ५५ हजार ८००, फ्रान्समा ४७ हजार १०० र वेलायतमा ३९ हजार ७०० थपिएका हुन्।

यस्तै‚ सोही अवधिमा टर्कीमा २४ हजार ३००, फ्रान्समा ८ हजार २००, रुसमा ३२ हजार र भारतमा ७ हजार ७०० संक्रमित थपिएका हुन्।

गत २४ घण्टामा कोरोनाबाट विश्वभर ७ हजार ४ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार २७८‚रुसमा १ हजार २२९, युक्रोनमा ५६१, पोल्याण्डमा ५२६, जर्मनीमा ४८५ र ब्राजिलमा ३२६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हाल विश्वभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ करोडभन्दा बढी छ। उनीहरुमध्ये ८४ हजारको अवस्था गम्भीर रहेको छ। कोरोनाबाट विश्वभर ५२ लाख ३२ हजार ४०० जनाको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.