|

इटालियन सिरी ए मा जारी सिजन खराव प्रदर्शनबाट गुज्रिएको युभेन्टस लयमा फर्कन संघर्षरत छ। लिगअन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले अंक तालिकाको पुछारमा रहेको सालेर्नितानालाई २-० ले पराजित गर्दै अंक तालिकामा केही सुधार गरेको छ।

अघिल्लो खेलमा एटलान्टासँग पराजित भएको युभेन्टसका लागि सिजनको १५ औ खेलमा २१औँ मिनेटमा पाउलो डिबाला र ७०औँ मिनेटमा अल्भारो मोराताले गोल गरेका थिए। डिबालाले इन्जुरी समयको पाँचौँ अर्थात् ९५औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न भने असफल रहे।

युभेन्टसले यसअघि भएका खेलमा चेल्सीसँग ४-० र एट्लान्टासँग १-० को हार व्यहोरेको थियो। मंगलबार राति भएको खेलमा जित निकालेर युभेन्टसले हारको क्रम तोडेको हो। जितपछि सातौँ स्थानमा उक्लिएको युभेन्टसको १५ खेलबाट २४ अंक भएको छ। शीर्ष स्थानको नापोलीको ३५ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.