|

काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ र चाँदी पाँच रूपैयाँ घटेको छ।

महासंघले सार्वजनिक गरेको बुधबार छापावाल सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ४००  रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २०० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.