|

काठमाडौं : भारतबाट कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ। भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आज आउन लागेको हो।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए। यस्तै मंसिर २२ गते कोभ्याक्समार्फत ६ लाख मात्रा खोप आउने पनि उनले जानकारी दिए।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ। अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखा प्रमुख ढुङ्गानाले बताए। 

यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो। ढुङ्गानाका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लाख ९६ हजार मात्रा खोप आइसकेको छ। सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.