|

काठमाडौं : सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन्।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.