|

काठमाडौं : सेयर बजारमा आज सामान्य सुधार देखिएको छ। बजार आज ५.२८ अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार ६ सय ३३.६५ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ०.८९ अंकले बढेर चार सय ९६.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने मंगलबारको तुलनामा घटेर पौने तीन अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ०.९५ प्रतिशतले उकालो लागेको छ।

उत्पादन तथा प्रशोधन समूह ०.८९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.२३ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतले वृद्धि भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.५५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घटेको आज लघुवित्त समूहमा ०.१२ प्रतिशत र जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार ३४ रुपैयाँमा किनबेच भएका छन्।

आज नेपाल टेलिकमको सर्वाधिक १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज महिला लघुवित्तको ९ करोड ५ लाख रुपैयाँ, नेसनल हाइड्रोको ८ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै महालक्ष्मी विकास बैंकको ७ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ७ करोड २ लाख रुपैयाँ, एचआइडिसिएलको ६ करोड ३३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ६ करोड ३० लाख रुपैयाँ, समृद्धि फाइनान्सको ६ करोड १० लाख रुपैयाँ र नबिल बैंकको ५ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन आइसिएफसी फाइनान्सका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.