काठमाडौं : प्रहरीले चितुवाको छालासहित तीन जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले चितुवाको छाला कारोबारीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका –२ घर भई काठमाडौं गोकर्ण वस्ने २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र चितवन राप्ती नगरपालिका–१ का ४२ वर्षीय कामीसिंह स्याङतान छन्।
एयरपोर्ट सेकुवा कर्नरबाट छालासहित पक्राउ गरिएका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको महाशाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।