|

काठमाडौं :  काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका बोहरे गाउँमा देशकै पहिलो ‘छोरी पञ्चायत’कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाहरूको सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गर्दै सो कार्यक्रम सम्पन्न भएको हो। 

भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ सुरु गर्न निकै रमाइलो ढंगले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका थिए। जसमा विद्यालयका छात्रा बाहेक वरपरका गाउँका महिलाले पनि सहभागिता जनाएका थिए।  

यसमा पहिलो पटक छोरी पञ्चायतको अध्यक्षमा रमा निर्वाचित भइन्। संस्कृति र पितृसत्तात्मक प्रतीक मानिएको नेपालको राष्ट्रिय ढाका टोपी रमालाई लगाइयो र संस्कृतिमा समानता कायम होस् भन्ने उद्देश्यले उनको अध्यक्षतामा छोरी पञ्चायत भएको थियो। कार्यक्रममा रमाको सचिवको भूमिका सुनिल जगलानले निभाएका थिए।

अब छोरी पञ्चायतको आवाजले छोरीहरुको अधिकारलाई सचेतता पूर्वक रक्षा गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्नु पर्ने सविना रेग्मीको भनाइ थियो। सो कार्यक्रममा नेपालका तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो उपस्थिति रहेको थियो। 

छोरी पञ्चायतका संस्थापक सुनिल जगलानले नेपालमा बालिकाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने र पुरुषले आफ्नो अधिकार खोस्ने कुरीति त्याग्नुपर्छ भन्ने अनुभूति गराउने प्रयास गरिरहेको बताए। छोरी पञ्चायतमा नमोबुद्ध नगरपालिकाका उपमेयर राम देवी तामाङको सहभागिता थियो भने नेपाल इन्टरनेट फाउण्डेशनको टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.