|
बैतडीको तारलमा दुर्घटनामा परेको जिप। तस्वीर : विनोदसिंह विष्ट

बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ तारलमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बैतडी सदरमुकामबाट बसालीका लागि छुटेको से १ ज २२६ नम्बरको जिप सतबाँझ–सिल्लेगडा सडकखण्डको तारलमा बिहीबार दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका-४ का सागर विष्ट, दोगडाकेदार-५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया पत्नी लक्ष्मी र आठमहिने छोरा सौगात कार्की रहेका छन्।

यस्तै दोगडाकेदार-५ का १९ वर्षीया दुर्गा धामी र दोगडाकेदार गाउँपालिका-७ का नरेश कार्की पनि घाइते भएका घटनास्थलबाट अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ। अन्य घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ।

चालकसहित ११ जना सवार जिप दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमसहितको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।

दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको छ। पानीले गर्दा सडक सतह चिप्लो र दुर्घटना भएको स्थानमा सडक भासिएकाले दुर्घटना भएको खुल्न आएको छ।

जिपचालक भने फरार रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.