|

काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका दिन पशुपतिनाथ मन्दिर परिसरदेखि लिएर देशभरिका शिवालयमा शतबीज छर्नेको भीड उर्लन्छ। बालाचर्तुदशी पर्व भोलि (शुक्रबार) शतबीज छरेर मनाइँदै छ।

वर्षभरि निधन भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ। शतबीज छर्नाले जीवित रहँदा गरेका सबै पाप नाश हुने विश्वास गरिन्छ।

शतबीजबाट उम्रेर आएको अन्न दिवंगत आफन्तको आत्माले उपभोग गर्न पाउने र उसले कहिल्यै भोको बस्नु नपर्ने विश्वास छ।

बालाचतुर्दशीमा एक गेडा बीज छरे पनि एक टुक्रा सुनजति पुण्य पाइने विश्वास गरिन्छ। वर्षेनि बालाचतुर्दशीको बिहानैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोलगायत  शतबीजका रुपमा छर्ने गरिन्छ।

काठमाडौंको गोकर्णमा पनि बालाचतुर्दशीको पूर्वसंन्ध्यामा आज साँझ पितृका नाममा दीप प्रज्ज्वलन गर्न श्रद्धालुहरूको भीड लागेको छ।

रातभर जाग्राम बसेर भक्तजनले दीप प्रज्वलन गरी शुक्रबार बिहान शतबीज छर्ने छन्।

गोकर्णमा श्रद्धालुले गरेको दीप प्रज्ज्वलन तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.