|

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन सुन  प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ। चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.