काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले चुनावी परिणाम स्वीकार्ने बताएका छन्।
उम्मेदवारी दर्ताका क्रममा पत्रकारहरुसँग कुरा गर्दै थापाले तर आफूले चुनाव जित्ने दाबी गरे।
राजेन्द्र लिङ्देनले चुनाव जिते अध्यक्ष मान्नुहुन्छ ? भन्ने प्रश्नमा थापाले भने, 'महाधिवेशन प्रतिनिधिले प्रजातान्त्रिक ढंगबाट जे निर्णय गर्छन् त्यो स्वीकार्य हुन्छ तर अहिले त्यस्तो परिस्थिती देखिँदैन। हामी यो निर्वाचनबाट अत्यधिक बहुमत ल्याएर विजयी हुन्छौं र राजेन्द्र लिङ्देन सहितका युवा पुस्तालाई जिम्मेवारी दिएर प्राथमिकताका साथ समेटेर अघि बढ्छौँ।’
उनले अब पार्टीमा टुटफुटको शृंखला सधैंका लागि अन्त्य भएको पनि दाबी गरे बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।